Comments Add Comment

मोरङमा शुक्रबार रातिदेखि निषेधाज्ञा

२३ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले  शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।

जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment