+
+

निषेधाज्ञामा पोखरा जान ३५ सय, बुटवल जान ६ हजार भाडा !

बढी भाडा लिएको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १८:१३

२३ वैशाख, काठमाडौं । निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिएर उपत्यकाबाहिर पठाउन संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा माइक्रो काउन्टरका कर्मचारी पोखरा महानगरपालिका-३३ का  बन्दराज पराजुली र रतुवामाई ९-मोरङका नवीन पौडेल तथा बुटवल भैरहवा काउन्टरका कर्मचारी धादिङ थाक्रे-७ का रञ्जित सिलवाल रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौंदेखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पोखरा जाने यात्रुसँग प्रतिव्यक्ति ३५०० र बुटवल जाने यात्रुबाट ६००० का दरले भाडा लिएकाले पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ नम्बको माइक्रोबसबाट पोखरा र बा ४ ख ५१९७ नम्बरको बसबाट बुटवल लैजान भन्दै बढी भाडा असुलेको पाइएको ट्राफिक प्रहरी महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?