
२४ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा १०१८ नमुना परीक्षण गर्दा ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ३३६ जना महिला र २३० जना पुरुष गरी ७३१ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार भेरी अस्पतालको ल्याबमा ४८० जनाको नमुना परीक्षण गर्दा ३४३ जना, मेडिकल कलेज कोहलपुर ल्याबमा २०२ जनाको परीक्षण गर्दा १५८ जना र बागेश्वरी ल्याबमा ३३६ जनाको नमुना परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँकेका २२१ जना महिला र २८३ जना पुरुष गरी ५०४ जना छन् भने बाहिरी जिल्लाका ८६ महिला र १४१ पुरुष गरी २२७ जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4