Comments Add Comment

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थप

२५ वैशाख, जनकपुरधाम । कोरोना संक्रमितको उपचार सहज बनाउन प्रदेश २ सरकारले प्रदेशका अस्पतालहरुमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गरिएको हो ।

प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जना जनशक्ति थप गरिएको छ । यसमध्ये आईसीयू सञ्चालनका लागि ६८ जना थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ जना थप जनशक्ति उपलब्ध गराएको छ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ८ जना थप जनशक्ति उपलब्ध गराइएको छ । यस्तै सप्तरीको भारदह अस्पताल, पर्साको पोखरीया अस्पताल, सिरहा, जलेश्वर, मलगंवा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रादेशिक प्रयोगशालामा ३३ जना जनशक्ति

प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममा ३३ जनशक्ति उपलब्ध गराएको छ ।

नवौं तहको माइक्रोबायोलोजिष्ट ३ जना, सातौं तहको मेटिकल टेक्नोलोजिष्ट ९ जना, सहायक पाँचौ तहको ल्याब टेक्निसियन ४ जना, सहायक चौथो तहको ल्याब असिस्टेन्ट ३ जना, कम्प्युटर अपरेटर ३ जना, सबारी चालक २ जना, सेक्युरिटी गार्ड ३ जना, कार्यालय सहयोगी ३ जना र स्वीपर ३ जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

यी जनशशक्तिलाई करारमा नियुक्त गर्न मन्त्रालयले अस्पतालहरुलाई भनेको छ । ६ महिनासम्मका लागि उनीहरुलाई करारमा नियुक्त गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment