
२६ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामले कोरोना संक्रमितलाई खाना खुवाउन निजी संस्थालाई अनुरोध गरेको छ ।
अस्पतालले कोरोना संक्रमितलाई खाना खुवाइदिन भन्दै मारबाडी युवा मञ्चलाई अनुरोध गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले शनिबार मंचलाई पत्राचार गर्दै कोरोना बिरामीहरुको लागि खानाको व्यवस्था मिलाई सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।
प्रदेश २ सरकारले हालै मात्र यो अस्पतालमा ८ वटा भेन्टिलेटर जडान गर्नुका साथै १२८ जना जनशक्ति थप गरेको छ । तर खाना खुवाउनका लागि अस्पतालका प्रमुखले अन्य संस्थालाई अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4