+
+
Shares

साथीको कुटाइबाट वृद्धको मृत्यु

रासस रासस
२०७८ वैशाख २६ गते १३:१३

२६ वैशाख, ओखलढुंगा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका-१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो ।

शनिबार बेलुका करीब ८:४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन् ।

शव परीक्षण गर्ने तयारी भइरहेको छ । कुटाकुटका क्रममा सुनुवार समेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?