Comments Add Comment

माधव नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीच छलफल भएको छ ।

सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले देखिएका समस्यालाई टुंगोमा पुर्‍याउने ठोस आधारका बारेमा फेरि छलफल गर्ने सहमति भएको बताए । आफूहरुलाई प्रधानमन्त्रीले नेता नेपालसंग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुर्‍याउने नेम्वाङले बताए ।

‘प्रधानमन्त्री र माधवकुमार नेपालबीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट तय भएको हो । प्रधानमन्त्रीजीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसंग कुरा गर्न पठाउनुभएको हो’ उनले भने, ‘हामीले गम्भीरतापूर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्यौ । धेरै खुलस्त कुरा गरियो । पार्टी अध्यक्षज्यूको चिन्ता र सरोकारको कुराहरु उहाँ समक्ष राख्यौं । सम्पूर्ण पार्टी पंक्तिको चिन्ता र सरोकारका कुराहरु राख्यौ । उहाँले नि आफ्नो कुराहरु खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरु पार्टी अध्यक्ष समक्ष पुर्‍याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment