Comments Add Comment

प्रधानमन्त्रीको गुनासो : भ्याक्सिनमा भ्रष्टाचार भयो भन्दै हिलो छ्यापियो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताए ।

संसदको सोमबार बसेको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए । उनले अघि भने, ‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’

भ्याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उनले बताए । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त भएको बताए ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्तोमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य हुन्न । छानविन हुन्छ, कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment