+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विश्वासको मत नदिने एमाले सांसदबारे ओलीले तत्काल कुनै निर्णय नलिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १९:४०

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिने सांसदलाई तत्काल कारबाही नगर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।

नेता नेपालसहित २८ सांसद अनुपस्थित हुँदा ओलीले जम्मा ९३ मतमात्रै पाए । संसदमा एमालेको १२१ सांसद छन् । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसद बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका थिए ।

तर, पार्टीभित्रको विवाद नमिलेको भन्दै नेपाल समूहका सांसदहरु अनुपस्थित भए । अनुपस्थित सांसदहरुबारे तत्काल कुनै निर्णय नलिइने प्रमुख सचेतक भट्टराईले बताए ।

‘तत्काल कुनै निर्णय भएको छैन । हामी छलफल गर्छौ’, उनले भने । एमाले सांसदहरु झलनाथ खनाल, नेता नेपाल, भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा उपस्थित भएनन् ।

त्यस्तै सांसदहरु गणेश पहाडी, जयकुमार राई, यज्ञराज सुनुवार, नारायण खतिवडा, पवित्रा निरौला खरेल, भवानी खापुङ, दीपकप्रकाश भट्ट, विरोध खतिवडा, पुष्पा कर्ण, झपट रावल, मेटमणि चौधरी, सरला यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खातुन र लक्ष्मीकुमारी चौधरी पनि विश्वासको मत दिन गएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?