+
+
Shares

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाही गर्न प्रादेशिक अस्पतालको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १४:२३

२९ वैशाख, काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ ।

मंगलबार साँझ ६ बजे प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी  स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको अस्पतालको भनाइ छ ।

अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको विषम परिस्थितिमा अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुमाथि हातपात हुनु भत्र्सनायोग्य भएको बताएको छ ।

‘यस्तो विश्वव्यापी महामारीको विषम परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुलाई हापात गर्ने व्यक्तिमाथि छानविन गरी कायरवाहीको लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई अनुरोध छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आईसीयूमा तीनवटा नयाँ जडान भएका भेन्टिलेटर मेसिनलगायत अन्य उपकरण तोडफोड भएकाले क्षतिपूर्तिको सोधभर्ना गराउन पनि अस्पतालले माग गरेको छ । यसबाट पर्ने असरको जिम्मेवारी सम्बन्धित निकायहरुले लिनुपर्ने पनि अस्पतालले बताएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?