
२९ वैशाख, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ९६ प ४५८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुर्खेत पन्चपुरी नगरपालिका–६ का २० वर्षीय नरेश बुढाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत पन्चपुरी नगरपालिका–५ का २५ वर्षीय रोहन रावलको तिनाउ अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
यसैगरी झापाको कन्काई नगरपालिका–३ सुरुङगा चोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सडकमा मे १ क ४४३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ बस्ने ७१ वर्षीया कमलमाया कामीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4