
३० वैशाख, काठमाडौं । दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । दिउसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।
मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । तर अहिले नामको विषयमा मात्रै सहमति भएको अध्यक्ष गौतमले जानकारी दिए ।
‘यो प्रारम्भिक सहमति मात्रै हो, बाँकी कुरा सम्झौता पछि हुँदै जानेछन्’ अध्यक्ष गौतमले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4