
हाँस्य कलाकार मनोज गजुरेलले जनताको जीवनरक्षामा केन्द्रित हुनका लागि कुन वादले रोक्छ भन्दै राजनीतिक दलका नेताहरुलाई प्रश्न गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले घृणा, आक्रोश, विद्रोहको रात पर्नुअघि नै घैटामा घाम लागोस् भनेर चेतावनी समेत दिएका छन् ।
उनले लेखेका छन्–‘ढिलै भएपनि हाम्रो घैँटामा घाम लागेको छ । महामारीको यो बिषम परिस्थितीमा सबै मतभेदहरु स्थनग गरेर अहिलेलाई हामी जनताको जीवनरक्षामा केन्द्रित हुने निर्णय गरेका छौं ।’ उनले यति भन्दै अगाडि लेखेका छन्–‘यति गर्नलाई कुन वादले रोक्छ सम्माननीयज्यू ?’ मनोजले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका शिर्ष नेताहरुलाई यो प्रश्न गरेका छन् ।
अक्सिजन नपाएर जनताले ज्यान गुमाउँदा पनि सरकार तथा राजनीतिक दलका नेताहरु टुलुटुल हेरेर बसेको र सत्ताकै खेलमा लागेको भन्दै चर्को आलोचना भैरहेको छ । मनोजले पनि यही कुरामा व्यङ्ग्य गर्दै जनतामा आक्रोश पैदा हुनु अगाडि नै यो बिषयमा ध्यान दिन नेताहरुलाई सचेत गराएका हुन् ।
प्रतिक्रिया 4