Comments Add Comment

कर्मचारीमा कोरोना देखिएपछि नलगाड नगरपालिकाको सबै सेवा बन्द

३० वैशाख, जाजरकोट । नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै बिहीबारदेखि आफ्नो सेवा बन्द गरेको छ ।

यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए ।

नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं ११ का वडा सदस्यको मृत्युसमेत भइसकेको छ । दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ ।

डिसीसीएमसी आर्थिक संकटमा, काम गर्न मुस्किल

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र आर्थिक संकट हुँदा काम गर्न मुस्किल भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसी जनाएको छ ।

सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहुँदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।

सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment