+

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२०७८ जेठ  २ गते ७:०९ २०७८ जेठ २ गते ७:०९
चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कप

२ जेठ, काठमाडौं । लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए ।

८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३  र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो ।

उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

अर्को लण्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने म्यानचेष्टर युनाइटेडले १२ पटक यस जितेको छ ।

एफए कप चेल्सी लेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय