
२ जेठ, काठमाडौं । कोरोना संक्रमित बिरामीहरुले अक्सिजन अभावमा ज्यान गुमाइरहेको र स्वास्थ्य सामग्री आयातमा कमिसनको खेल भइरहेको समाचार आइरहेको बेला नेपाली नागरिकहरुको तर्फबाट १२२ जनाले संयुक्त अपील जारी गर्दै सरकार र संवैधानिक निकायहरूको ध्यानाकर्षण गराएका छन् ।
चरम स्वास्थ्य संकट र महामारीको समयमा भइरहेका यस्ता गतिविधि गम्भीर प्रकृतिको मानवता विरोधी अपराध भएको उनीहरुको ठहर छ ।
उनीहरुले संक्रमित व्यक्तिहरुले सहजै आधारभूत स्वास्थ्य उपचार पाउने व्यवस्थाको ग्यारेन्टी गर्न र अत्यावश्यक अक्सिजन अभावका कारण कसैको पनि ज्यान नजाने अवस्था निर्माण गर्न माग गरेका छन् ।
गम्भीर स्वास्थ्य सङ्कटको चुनौतीपूर्ण अवस्थामा नागरिकको जीवन सुरक्षाका लागि उत्तरदायी र जवाफदेही हुनु सरकारको पहिलो प्राथमिकता भएको स्मरणसमेत गराएका छन् ।
संयुक्त अपिल जारी गर्नेहरुको सूचीमा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, लेखक, पत्रकार, कानुन व्यवसायीलगायतको नाम छ ।
प्रतिक्रिया 4