+
+

वीपी प्रतिष्ठान धरानमा थप दुईजना संक्रमितको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते ११:१६

३ जेठ, काठमाडौं । वीपी प्रतिष्ठान धरानमा थप दुईजनाको मृत्‍यु भएको छ ।

त्रियुगा नगरपालिका-३ उदयपुरकी ५० वर्षीया महिलाको सोमबार बिहान ६:३० बजे मृत्‍यु भएको छ । वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यस्तै सुरुङगा १, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रममा सोमबार विहान ७: ४५ बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ १ गते वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहको विरामी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?