+

कोरोना महामारी नियन्त्रणका लागि सन्दीपले सुरु गरे अभियान

२०७८ जेठ  ३ गते २१:०६ २०७८ जेठ ३ गते २१:०६
कोरोना महामारी नियन्त्रणका लागि सन्दीपले सुरु गरे अभियान

३ जेठ, काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रणका लागि राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले अभियान सुरु गरेका छन् ।

उनले सोमबार ‘टिम सन्दीप’को नामबाट अभियान सुरु गर्दै नगद ३ लाख रुपैयाँ जम्मा गरेको जनाएका छन् । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने संख्या तीव्र गतिमा बढेको र देशले भयावह स्थितिको सामना गर्नुपरेकाले अभियान सुरु गरेको सन्दीपले उल्लेख गरेका छन् ।

सन्दीपले एकजुट भई आपसी सद्भाव र सहकार्यबाट कोरोना महामारी सामना गर्नुपर्ने बताएका छन् । ‘हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ’ उनले भनेका छन् ।

सन्दीपले सोमबारै सेन्चुरी कमर्सियल बैंकमा खाता खोलेर अभियानको सुरु गरेका छन् । उनले जम्मा भएको रकमबाट कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने उनले विश्वास व्यक्त गरेका छन् ।

‘सहयोगबाट प्राप्त रकम स्थानीय निकाय/ प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र / स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ’ उनले भनेका छन् ।

कोरोना भाइरस सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय