Comments Add Comment

१४ दिनमा चार खेल, नेपाली फुटबल टिमको लागि चुनौती

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप/एएफसी एसियन कप संयुक्त छनोटका लागि आगामी मंगलबार इराक प्रस्थान गर्दैछ ।

कोरोना महामारीको यो कठिन परिस्थितिमा छोटो तयारीपछि नेपाली टोली कतार एअरलाइन्स‌्को विशेष चाटर्ड प्लाइटमा इराक जान लागेको हो ।

नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको लागि नेपाली टिमसँग यो पहिलो टुर हुनेछ । उनै प्रशिक्षक अलमुताइरीले यस पटक टिममा ठूलै फेरबदल गर्दै ६ नयाँ अनुहारलाई सिनियर टिममा स्थान दिएका छन् ।

नेपालले दुई साताको सयमा चार खेल खेल्नेछ जसमा एसियन कप जितिसकेका एसियाका दुई बलिया टिम अष्ट्रेलिया र इराक समेत छन् ।

नेपालले जेठ १५ गते इराकसँग बास्रा इन्टरनेशनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ र त्यतैबाट विश्वकप छनोटका बाँकी ३ खेल खेल्न कुवेत प्रस्थान गर्नेछ । संयोगले नेपालका नयाँ प्रो लाइसेन्सधारी प्रशिक्षक पनि कुवेतकै हुन् । साथै उनले हेरेको पहिलो सिनियर टिम पनि नेपाल नै हो ।

कोरोना महामारीकै कारण एएफसीले छनोटका बाँकी खेलहरु सेन्ट्रल भेन्यूमा गर्ने निर्णय गरेपछि नेपाल रहेको समूह बी को खेलहरु कुवेतमा हुन लागेको हो । तर नेपालले कुवेतसँगको दुवै खेल खेलिसकेको छ । अब नेपालले समूहका अन्य तीन टिम चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।

यसअघि अवे गेममा नेपालले ताइपेइलाई हराएको थियो भने जोर्डन र अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तै कुवेतसँगको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

कोरोना महामारीकाबीच छोटो तयारी बलिया विपक्षी अनी दुई सातामा चार खेल नेपालको लागि यो आफैमा चुनौतीको विषय रहेको छ । तर उमेरले चार दशक मात्र पुगेका प्रशिक्षक अलमुताइरी यसबाट चिन्नित छैनन् । उनको यो पहिलो काम भएकोले उनले यसलाई चुनौती भन्दा पनि अवसरका रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment