+
+

फेसबुकमा भाइरल तस्वीरः पोर्तेल भन्छन् – यहाँहरुको चिन्तालाई मनन् गरिनेछ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १२:१७

९ जेठ, कनकाई (झापा) । अहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा एउटा अक्सिजन सिलिण्डर पाँच जनाले हस्तान्तरण गर्दै गरेको जस्तो देखिन्छ ।

एउटा सिलिण्डर दिएको तस्वीर खिचाएर थुप्रैले जस लिन खोजेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । तर यो तस्वीर कहाँको हो भन्ने चाहिँ धेरैलाई थाहा छैन ।

खासमा यो तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको हो । झापाको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रदेशसभा सांसद् हिराकुमार थापा, पूर्वसांसद तारासम याङ्या, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र उपमेयर मञ्जु प्रसाईंले सिलिण्डरमा हात पुर्‍याएका छन् ।

शनिबारदेखि भाइरल यो तस्वीरमा भएको सिलिण्डर कनकाई नगरपालिकाले सञ्चालन गरेको कोभिड उपचार केन्द्रमा राख्नका लागि प्रदेश सरकारले पठाएको हो । र, त्यसैलाई केन्द्रमा राख्ने वेला जिसस प्रमुख पोर्तेललगायतले हातले छोएर तस्वीर खिचाएका हुन् ।

तस्वीर भाइरल भएपछि जिसस प्रमुख पोर्तेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा हेर्दा लाग्छ शुभचिन्तक निकै कमाइएछ । सबै शुभचिन्तकहरुप्रति आभार, यहाँहरुको चिन्तालाई मनन् गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?