Comments Add Comment

हानिकारक स्यानिटाइजर उत्पादन गरेको भन्दै तीन कम्पनीमा प्रहरीको छापा 

फाइल तस्वीर

९ जेठ, काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हुने किसिमको स्यानिटाइजर उत्पादन गरेको पाइएपछि प्रहरीले तीनवटा कारखानामा छापा मारेको छ । ललितपुरको सातदोबाटो तथा काठमाडौंको त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले एकैपटक छापा मारेको हो ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले सातदोबाटोस्थित मुख्य कारखाना र अन्य दुईवटा शाखामा छापा मारेको हो । कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको खापुङले अनलाइनखबरलाई बताए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति पनि लिएको देखिएको छैन । ‘प्रयोगशालामा गरिएको परीक्षणबाट पनि बरामद स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भइसकेको छ,’ खापुङले भने ।

प्रहरीका अनुसार हाल केही व्यक्तिलाई नियन्त्रणमा पनि लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment