Comments Add Comment

सलमानको ‘टाइगर ३’मा पाकिस्तानी एजेन्ट बन्दै इमरान

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ले दर्शकको मन जित्न सकेन । यो चलचित्रले सबैभन्दा कम रेटिङ पायो । चलचित्रले कम रेटिङ पाएपनि नायक खानलाई भने राम्रै मुनाफा भएको छ । उनै, सलमान भारतमा लकडाउन अगाडि चलचित्र ‘टाइगर ३’को छायांकनमा व्यस्त थिए ।

चलचित्रमा नायक सलमान खानको अलवा नायिका कट्रिना कैफ र नायक इमरान हाश्मीको मुख्य भूमिका छ । केही महिना अगाडिबाट सलमान र कट्रिनाले यो चलचित्रको काम सुरु गरेका थिए । चलचित्रमा इमरान खलनायकको भूमिकामा देखिदैछन् ।

चलचित्रको छायांकन जुन महिनाबाट सुरु हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा इमरानले पाकिस्तानी आइएसआई एजेन्टको भूमिकामा काम गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ । सलमान पनि यो चलचित्रमा ‘र’ एजेन्टको भूमिकामा देखिदैछन् ।

मनिष शर्माको निर्देशनमा बनिरहेको यो चलचित्रमा सलमान र इमरानविचको एक्सन हेर्न सकिनेछ । आदित्य चोपडाको निर्माणमा बनिरहेको यो चलचित्रलाई साढे ३ करोड बजेटमा निर्माण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment