+

रियल छाडेर चेल्सीमै फर्कने हाजार्डको चाहना

२०७८ जेठ  ११ गते १७:१३ २०७८ जेठ ११ गते १७:१३
रियल छाडेर चेल्सीमै फर्कने हाजार्डको चाहना

११ जेठ, काठमाडौं । रियल मड्रिडका खेलाडी एडेन हाजार्ड फेरि प्रिमियर लिगमै फर्कन चाहेका छन् ।

रियल मड्रिडमा दुई सिजन बिताउँदा हाजार्ड धेरै समय चोटले सताइए भने उनले अपेक्षा अनुसार खेल्न सकेनन् । जिनेदिन जिदानको टिममा उनी थोरै समय मात्र पाए ।

स्पेनिस टिभी सो एल चिरिङ्गुइटोमा पत्रकार एडु अगुइरेले हाजार्डले रियल मड्रिडमा राम्रो खेल्न नसकेको र चेल्सीमै फर्कन चाहेको उल्लेख गरेका छन् ।

यस्तै केलियन एमबाप्पेको सम्भावित आगमनले पनि बेल्जियन खेलाडी हाजार्डको रियलमा खेल्ने समय घटाउने सम्भावना स्पेनिस सञ्चार माध्यमहरुले देखाएक छन् ।

सन् २०१९ मा प्रिमियर लिग क्लब चेल्सीबाट एक सय मिलियन युरोमा रियलमा अनुबन्ध भएका हाजार्डले रियलका लागि जम्मा ४३ खेल खेल्न पाएका छन् र जम्मा ५ गोल गरेका छन् । उनको सम्झौता २०२४ सम्म रहेको छ र टिममा धेरै रकम पाउने खेलाडीमध्ये उनी पनि हुन् ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय