+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल जनस्वास्थ्य संघले भन्यो–मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लेऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १९:१०

११ जेठ, काठमाडौं । आम नागरिकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्र तथा समग्र सामाजिक प्रभावप्रति सम्वेदनशील भई मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन नेपाल जनस्वास्थ्य संघले सरकारसँग माग गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनलाई रोक्नका लागि नागरिक समाज, बुद्धिजिवी तथा सम्पूर्ण सरोकारवालाहरु एकबद्ध हुन अपील गरेको छ ।

देश महामारीबाट गुज्रीरहेको यस अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले मध्यावधि निर्वाचनको घोषणा हुनु अत्यन्तै असम्बेदनशील कुरा भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली तथा अर्थतन्त्र भएको देशमा यस किसिमको महामारीको अवस्थामा निर्वाचन गर्दा सक्रमणको तेस्रो लहर आई लाखौं मानिस संक्रमित हुने र हजारौं नागरिकको ज्यान जान सक्ने हुनाले जनस्वास्थ्यको दृष्टिकोणबाट ज्यादै जोखिम पूर्ण हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले हालै जारी गरेको कोभिड –१९ संकट व्यवस्थापन अध्यादेशबाट जनस्वास्थ्य संकटकाल घोषणा गरी देशको सम्पूर्ण ध्यान महामारी नियन्त्रणका लागि केन्द्रित गर्नु पर्नेमा देशलाई निर्वाचन तर्फ धकेल्नु उक्त अध्यादेशको मर्म विपरित रहेको संघको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?