+
+

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट ४१ सय बढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १२ गते १२:२०

१२ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार १५७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका २ लाख ८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७१ लाख ५७ हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि तीन लाख ११ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३४ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २९ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ । कर्नाटकमा पनि २२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच भारतीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतमा कोरोनाको संक्रमणमा कमी आइरहेको बताएका छन् । उनले पछिल्लो समय भारतमा बिरामीको संख्यामा कमी आएको र बिस्तारै यो महामारी सकिन सक्ने बताएका छन् । भारतको लागि यो राम्रो संकेत भएको उनको भनाइ छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २४ लाख ९५ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २० करोड ६ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?