
१३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् ।
यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ ।
यस्तै भक्तपुरमा ४ हजार ७८९ संक्रिय संक्रमित रहेका छन् । यससँगै भक्तपुरमा कुल सक्रिय संक्रमितको संख्या १९ हजार ३५७ पुगेको छ ।
यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै ललितपुर जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३२ हजार २९० पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा १ हजार ५५३ जना जेनरल एचडीयू बेडमा उपचाररत छन्, जसमा ४४३ जना आइसीयू बेडमा उपचाररत छन् भने १८४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4