+
+

महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १६:२२

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुरले यादवलाई स्पष्टीकरण सोधेका हुन् ।

ठाकुर पक्षले यसअघि सोधेको स्पष्टीकरणको जवाफ आजसम्म नदिएको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए जसपा नेपालको अन्तरिम विधान–२०७७ बमोजिम निष्कासनको समेत कारबाही हुने चेतावनी दिएको छ ।

यसअघि जसपाको बहुमत पक्षको तर्फबाट अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका थिए ।

स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासनसम्मको  कारबाही गर्ने उनले पत्रमा उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?