+

कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

२०७८ जेठ  १७ गते २१:०३ २०७८ जेठ १७ गते २१:०३
कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

१७ जेठ, काठमाडौं । कोपा अमेरिका फुटबल २०२१ अब ब्राजिलमा हुने भएको छ ।

यसअघि आयोजकका रुपमा रहेका कोलम्बिया र अर्जेन्टिना दुवै आयोजकबाट हटाइए ब्राजिलले विश्वकै पुरानो फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सोमबार ४७औं संस्करणको कोपा अमेरिका ब्राजिलमा खेलाइने पुष्टि गरेको छ ।

सोमबारै कन्मेबोलले त्यहाँको अहिलेको अवस्थाका कारण अर्जेन्टिनालाई आयोजकबाट हटाएको थियो । अर्जेन्टिनामा अहिले कोरोना महामारी बढ्दो अवस्थामा छ । त्सअघि कोलम्बियालाई पनि आयोजकबाट हटाइएको थियो ।

कन्मेबोलले कोपा अमेरिकाको मिति पक्का भइसकेको र भेन्यु र अल तालिका केही घण्टापछि सार्वजनिक गर्ने जनाएको छ ।

कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ब्राजिल साविक विजेता समेत हो ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय