Comments Add Comment

वीरगञ्ज महानगरपालिकालाई ६ लाख ८९ हजारको खाद्यान्न सहयोग

१८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई एक औद्योगिक समूहले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । शिवशक्ति ग्रुपले महानगरपालिकालाई ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको छ ।

ग्रुपले ३६० बोरा चामल, एक हजार किलो दाल र सोयाबिन तेल एक सय लिटर सहयोग गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर रोजीरोटीमा समस्या परेकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको शिवशक्ति ग्रुपका प्रशासकीय अधिकृत महेशजंग पाण्डेले जानकारी दिए ।

खाद्यान्न सामग्री बुझ्दै नगर प्रमुख सरावगीले विषम परिस्थितिमा आएको सहयोगबाट लक्षित वर्गले नै लाभ लिने बताए ।

वीरगञ्जमा रेल्वे कटेज, साहेब दरबार सेवा संस्था, सानो पाइला, हन्ड्रेड ग्रुप्स लगायतका संघ संस्थाले रोजगारी गुमाएका विपन्न वर्गलाई लक्षित गरी निःशुल्क भोजन अभियान सञ्चालन गरेका छन् । महानगरपालिकाले त्यस्ता संघ संस्थालाई खाद्यान्न सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment