+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो डोज लगाए

रासस रासस
२०७८ जेठ १९ गते ११:१५

१८ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ ।

गरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्‍नसुन्दर लासिवाले बताए ।

नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो डोज गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो । पहिलो डोज लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको हो ।

‘जेठ ५ गतेदेखि १७ गतेसम्म सबै वडा कार्यालयको संयोजनमा वडाका निर्धारित स्थानहरुमा खोप लगाइएको थियो’, डा.लासिवाले भने, ‘जेठ १८ र १९ गते यसअघि भेरोसेलको पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुट भएका सबैलाई वडा–१० कार्यालय भवनपछाडि नगरपालिकाको बक्सिङ प्रशिक्षण हलमा दिएका छौँ ।’

डा लासिवाले खोपको पहिलो डोज लगाएर कोभिड सङ्क्रमण भई स्वास्थ्यलाभ गरिरहेकाहरुलाई एक महिना पूरा नभई दोस्रो डोज दिन नहुने प्रष्ट पार्दै उहाँहरुका लागि अलग बन्दोबस्त गरिने जानकारी दिए ।

त्यस्तै यसअघि भारतीय खोप कोभिशिल्डको पहिलो डोज लगाई दोस्रो डोज लगाउन बाँकी रहेकालाई दोस्रो डोज खोपको सूचना नआएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे ।

नगरपालिकाले भेरोसेलको पहिलो डोज २१ हजार ७२१ जनालाई र कोभिशिल्डको दोस्रो डोज दुई हजार ४३९ लाई दिइसकेको जनस्वास्थ्य स्रोतले बताएको छ । भक्तपुर नगरवासीसँगै छिमेकी नगरपालिका र छिमेकी जिल्लाका बासिन्दाले समेत भेरोसेलको पहिलो डोज खोप लगाएको र अधिकांशले आफ्नो नजिकको खोप केन्द्रमा खोपको दोस्रो डोज लिएको डा लासिवाको भनाइ थियो।

खोपको पहिलो डोज लिएका सबैले दोस्रो डोज अनिवार्य लिनुपर्नेमा उनले जोड दिए । भक्तपुरमा १८ वर्ष नाघेका अझै पनि धेरैले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेको छ । साठी वर्षदेखि ६५ वर्ष उमेर समूहका कसैले पनि हालसम्म खोप लगाउन पाएका छैनन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?