+
+

सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १२:४९
फाइल तस्वीर: महोत्तरीको बर्दिबास बजार

२० जेठ, जनकपुरधाम । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।

यस्तै, महोत्तरीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । जेठ २० गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?