+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गिट्टी-बालुवा निकासीले चुरेमा असर पर्दैन : राष्ट्रपति चुरे संरक्षण समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १९:३०

२३ जेठ, काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समितिले चुरे क्षेत्रसँग जोडिएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार एवम् व्यक्त विचारहरु प्रति ध्यानाकर्षण भएको जनाएको छ । समितिले सरकारले चुरेबाट राष्ट्रपति चुरे संरक्षण ढुंङ्गा गिट्टी-बालुवा उत्खखन नगर्ने स्पष्ट गरिसकाले योजनाले चुरेमा असर नपर्ने बताएको छ ।

अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले पनि प्रेस विज्ञप्तिहरु प्रकाशित गरेर चुरे, भावर, सिवालिक र नदी प्रणालीका क्षेत्रमा कुनै खानी उत्खनन् नगर्ने नीतिगत दृष्टिकोण प्रस्तुत समेत गरिसकेको भन्दै समितिले समिति पनि चुरे, भावर, तराई-मधेशको संरक्षणप्रति संवेदनशील रहेको बताएको छ ।

‘चुरे क्षेत्रको दोहन हुन नदिन समिति प्रतिवद्ध छ, यस समितिको कार्यक्षेत्र वातावरण संरक्षण क्षेत्रभित्रबाट ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनै पनि कार्यक्रम नरहेको व्यहोरा जानकारी गराउँदछौं,’ समितिका प्रवक्ता शरदबाबु पंगेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वातावरणीय पक्षसँग सम्वेदनशील रही सम्बन्धित नीति, कानुन तथा मापदण्डहरुको पूर्ण पालन गर्न/गराउन समेत प्रतिवद्ध रहेको र चुरे सरक्षण तथा विकासमा कहीँकतैबाट बाधा व्यवधान उत्पन्न हुन नदिन सधैँ सचेत रहँदै चुरे तराई मधेशका जनतालाई दीगो रुपमा वातावरणीय सेवा तथा सुरक्षा प्रदान गर्न पनि प्रतिवद्ध रहेको बताएको छ ।

‘राष्ट्रपतिको नाममा सञ्चालित, राष्ट्रिय प्राथमिकता प्रप्त यो कार्यक्रममा अन्यथा होला कि भनेर नसोच्न र दुविधामा नरहन हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

चुरेको प्रेस विज्ञप्ति – २०७८-२-२३
गिट्टी-बालुवा निकासी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?