Comments Add Comment

ब्रुएनाले जिते पीएफए प्लेअर अफ दि इअर अवार्ड

२४ जेठ, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनाले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड बेल्जियन खेलाडी ब्रुएनाले लगातार दोस्रो पटक जितेका हुन् ।

यसअघि क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडमा हुँदा लगातार दोस्रो पटक जितेका थिए ।

म्यानचेस्टर सिटीलाई चार वर्ष भित्र तेस्रो पटक प्रिमियर लिगको उपाधि दिलाउन ब्रुएनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले लिगमा ६ गोल र १२ असिस्ट गरेका थिए ।

ब्रुएनासँगै सिटीका लागि उत्कृष्ट प्रदर्शन गरेका फिड फोडेनले पिएफए योङ प्लेअरको अवार्ड जिते ।

यस्तै महिलातर्फ चेल्सीकी फ्रान किर्बीले पिएफए प्लेअर अफ दि इअर र सिटीका लाउरेन हेम्पले योङ प्लेअर अवार्ड जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment