+
+
Shares

व्यापारीले घटाए मकैको मूल्य, झापाका किसान चिन्तित

रासस रासस
२०७८ जेठ २४ गते १४:०८
फाइल तस्वीर

२४ जेठ, झापा । मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले आफूखुशी मकैको मूल्य घटाउँदा किसानहरु मर्कामा परेका हुन् । एका छन् ।

निषेधाज्ञा जारी हुनुअघि स्थानीय बजारमा मकै प्रतिक्विन्टल दुई हजार ४०० रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले प्रतिक्विन्टल एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् ।

दुई वर्ष अघि नै प्रतिक्विन्टल तीन हजारमा किसानले मकै बेचेका थिए ।  झापाको कचनकवल, बाह्रदशी, झापा, कन्काई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास गरिएका कारण यहाँ मकैको उत्पादन बढेको छ । जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट करिब दुई लाख ४० हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कचनकवल गाउँपालिका–४ का किसान रघुनन्द गणेशले आफूले अढाइ विगाहा जग्गामा गरेको मकै खेतीबाट प्रतिविगाहा ५० क्विन्टलका दरले उत्पादन भएको बताए । स्थानीय व्यापारीले आफूखुशी तय गरेको मूल्यमा बिक्री गर्नुपर्दा लागत उठाउन पनि मुस्किल भएको उनले गुनासो गरे । अहिले प्रतिक्विन्टल एक हजार ९०० का दरले मकै बिक्री गर्नुपरेको उनले बताए । ‘लकडाउन नभएको भए भारतीय व्यापारी पनि आउँथें, राम्रो मूल्यमा मकै बिक्री गर्न पाउँथें,’ उनले भने, ‘तर यतिबेला स्थानीय व्यापारीलाई उनीहरुकै दाममा दिनुपर्दा मकैमा फाइदा भएन ।’

केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जिल्लास्थित दाना उद्योगले भारतको कोलकाताबाट मकै खरिद गरी ल्याउने गरेको र कुनै पनि पालिकामा मकैको लेबलिङ, प्याकेजिङ गरेर ग्रेडिङ छुट्याउने उद्योग नहुँदा किसानले आफ्नो उत्पादन सस्तो मूल्यमा बेच्नु परेको बताए ।

‘जिल्लामा धानपछि सबैभन्दा बढी उत्पादन मकैको हुन्छ,’ उनले भने, ‘उत्पादन राम्रो हुन्छ तर बजारीकरणमा समस्या हुँदा मकै खेतीतर्फ उनीहरु निरुत्साहित हुन थालेका छन् ।’ धानमा जस्तै सरकारले मकैको पनि समर्थन मूल्य तोकिदिएको भए किसानलाई राहत हुने उनको भनाइ छ ।

झापामा मकै जोन र पकेट क्षेत्र घोषणा गरेर खेती गर्न सरकारले किसानलाई प्रेरित गरेर पनि बजारीकरणमा सहयोग नगर्दा समस्या भएको किसानको गुनासो छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?