Comments Add Comment

हर्षवर्धनको खुलासा–‘कट्रिना र विक्की प्रेममा छन्’

बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाले बल पाउन थालेको हो । तर, बलिउडका कुनै कलाकार हुन् या स्वयंम उनीहरुले नै किन नहोस्, प्रेमको खबरलाई पक्का गरेका छैनन् ।

यसैविच, बलिउड नायक हर्षवर्धन कपुरले कट्रिना र विक्की प्रेममा रहेको खुलासा गरेका छन् । भारतीय मिडियाका अनुसार, एक अन्तरवार्ताका क्रममा हर्षवर्धनले यो कुरा खुलाएका हुन् ।

एक अन्तरवार्तामा हर्षवर्धनलाई बलिउडका कुन कलाकारको प्रेम सम्बन्धलाई तपाई साँचो वा पीआरको खेल मान्नुहुन्छ भनेर सोधिएको थियो । जसमा हर्षवर्धनले भनेका छन्–‘विक्की र कट्रिना साथमा छन् र यो साँचो कुरा हो । तर, यो कुरा भनेर कतै म समस्यामा त पर्दिनँ नी ?’

हर्षवर्धनले कट्रिना र विक्कीको प्रेम पीआरको काम नभएको यो साँचो भएको बताएका छन् । योसँगै बलिउडका यी दुई कलाकार प्रेममा रहेको पुष्टी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment