Photo Credit : Alim Khan
								
																			२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरी निरीक्षक खनालले बताए ।
जिपमा चालक मात्र सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4