+
+

लेले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते ११:००

२८ जेठ, काठमाडौं । गोदावरी नगरपालिकाको लेले स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

समाजसेवी कल्याण सिलवालले उपलब्ध गराएको अक्सिजन कन्सर्नट्रेटरसहित १४ प्रकारका स्वास्थ्य सामाग्री पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

कोभिड महामरीसँग जुध्न केन्द्रलाई सहयोग पग्नेगरी अक्सिजन कन्सर्नट्रेटर २ थान, अक्सिजन सिलिण्डर ४० लिटरको ५ वटा, अक्सिजन फ्लो मिटर पाँच वटा, अक्सिजन मास्क पाँच वटा र सर्जिकल मेडिकल मास्क दुई हजार थान स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

केएन ९५ मास्क एक हजार थान, ह्यान्ड स्यानिटाइजर पाँच लिटर, एक्जामिसन ग्लोब्स १० बक्स, फेस सिल्ड ३० वटा, पीपीइ गाउन, १० थान पनि केन्द्रलाई बुझाइएको स्थानीय समाजसेवी कल्‍याण सिलवालले बताए ।

साथै इन्फ्रारेड थर्मोमिटर २ वटा, पल्स अक्सिमिटर २ वटा, तीन हजार ट्याबलेट डेक्सिन र ५० वटा डेक्सोना अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए ।

कोभिड-१९ महामारी नियन्त्रण र उपचारमा सघाउ पुगोस भनेर स्वास्थ्य केन्द्रलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको र आवश्यकता अनुसार थप सहयोग गर्दै जाने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?