Comments Add Comment

पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध

१ असार, धनगढी । अविरल वर्षासँगै आएको पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले मंगलबार बिहान गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।
उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटामै रोकिएका छन् । अहिले डोजरको साहयताले पहिरो पन्छ्याउने काम भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

बैतडीको सिगाश गाउँपालिका–९ मा पर्ने ढोल्यामोडमा पनि सडकमाथिबाट परेको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले पहिरोले बैतडी र बझाङ जोड्ने राजमार्ग अवरुद्ध भएको बताउँदै खुलाउने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment