Comments Add Comment

जिन्दगीमा उत्साह नभएका मानिस मन नपराउने सारा

नायिका सारा सिर्पाली सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो मनका भावना, घुमफिरका तस्वीर पोष्ट गर्छिन् । चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा रहेकी यी सुन्दरी कहिलेकाही प्रेमको खबरले पनि चर्चामा आएकी हुन्छिन् ।

सामाजिक संजालमा साराको सुन्दरताको पनि खुबै चर्चा हुने गरेको छ । तर, उनले चलचित्र क्षेत्रमा सफलता पाउन भने अझै ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ । निरन्तर ३ चलचित्र असफल भएपछि उनको करिअरलाई ठूलो धक्का लागेको थियो ।

साराले पछिल्लो समय सामाजिक संजालमा जिन्दगीको बयान गरिरहेको भेट्न सकिन्छ । उनै साराले आफूलाई जिन्दगीमा उत्साह नभएका मानिसहरु मन नपर्ने उल्लेख गरेकी छिन् ।

सारा प्रेमले भरिएको दिल भएको र दिमागमा ट्विष्ट ल्याउन सक्ने मानिस आफूलाई मनपर्ने बताउँछिन् । उनले, सामान्य कुराकानी रुचाउने मानिसको आफू ठूलो फ्यान नभएको पनि बताएकी छिन् । बरु, उनी आफूलाई जीवनको उद्देश्य, चलचित्र, संगीत, बालापनको कुरा, सपना, डरका बिषयका कुराले आफूलाई आकर्षित गर्ने पनि उल्लेख गर्छिन् ।

चलचित्र क्षेत्रमा सारालाई रिजर्भ बस्ने नायिकाको रुपमा हेरिन्छ । निकै कम बोल्ने र प्रकृतीसँग रमाउने यी नायिकाको स्वभावलाई उनका प्रशंसकले मन पराएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment