
३ असार, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार राति करिब ११ बजेतिर काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नम्बरको मोटरसाइकल मध्यपुर थिमि नगरपालिका-४ चारदोबाटोमा दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा बिहीबार बिहान साढे २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकका उदयपुर ताप्लेका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटनका २५ वर्षीय अमित जैरु घाइते भएका छन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4