Comments Add Comment

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पठायो तीन अन्तरिक्षयात्री

३ असार, काठमाडौं । चीनले तीन अन्तरिक्षयात्रीलाई आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको छ । नी हेशेङ, लियू बोमिङ र टेङ होङबोलाई चीनले आफ्नो नयाँ स्पेस स्टेसनमा पठाएको हो । उक्त स्पेस स्टेसन पृथ्वीको सतहबाट ३८० किलोमिटरको उचाइमा छ । अहिले स्पेस स्टेसनमा पठाइएका अन्तरिक्षयात्रीले त्यहाँ तीन महिना बिताउनेछन् ।

यो चीनको अहिलेसम्मको सबैभन्दा ठूलो मानवयुक्त अन्तरिक्ष मिसन हो । बिहीबार चीनको शेनझोउ–१२ क्याप्सुलले आफ्नो लङ मार्च २एफ नामको रकेटबाट सफलतापूर्वक उडान भरेको हो । यसले अन्तरिक्ष रिसर्चको मामिलामा चीनको बढ्दो आत्मविश्वास र क्षमतालाई पनि देखाएको छ ।

पछिल्लो ६ महिनामा चीनले चन्द्रमाको सतहबाट चट्टान र माटोको नमुना पनि ल्याएको छ । त्यसका साथै मंगल ग्रहमा उसले एक रोबोट अवतरण गराइसकेको छ । यी दुवै कार्य निकै जटिल र चुनौतीपूर्ण भए पनि चीन यसमा सफल देखिएको हो ।

अहिले स्पेस स्टेसनमा पठाइएका चीनका अन्तरिक्षयात्रीको पहिलो लक्ष्य साढे २२ टनको तियानहे मोड्युल रिपेयर गर्नु हुनेछ । त्यस्तै उनीहरुले उक्त स्पेस स्टेसनमा नयाँ प्रविधिको प्रयोग गर्नेछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment