
४ असार, काठमाडौं । गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रोपटक गाजा पट्टीमा आक्रमण गरेको छ । इजरायली लडाकु विमानले बिहीबार दोस्रोपटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो ।
गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच युद्धविरामको सम्झौता भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार गाजा क्षेत्रमा हमासका लडाकुहरु रहेको स्थानमा इजरायलको सेनाले मिसाइल आक्रमण गरेको हो । अहिलेसम्म यो आक्रमणमा मानवीय क्षति भएको वा नभएको स्पष्ट हुन सकेको छैन ।
इजरायलको आक्रमणपछि हमासले एक विज्ञप्ति जारी गर्दै आफ्ना मानिसहरु र आफ्नो पवित्र स्थल बचाउन इजरायली आक्रमणको प्रतिकार गर्ने बताएको छ ।
हमासको स्वामित्वमा रहेको एक टेलिभिजनले गाजा पट्टीको पश्चिमी भागमा इजरायली ड्रोन झारिएको दाबी गरेको छ ।
केही सञ्चारमाध्यमले हमासले पनि इजरायलतर्फ आक्रमण गरेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4