Comments Add Comment

निजी डेरीले पनि पाए एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो

४ असार,काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई वितरण गर्न थालिएको छ ।

दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन् ।

शुक्रबार राष्ट्रिय दुग्ध विकास बोर्डले काभ्रेको हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरलाई यस्तो लोगो प्रदान गरेर निजी क्षेत्रमा वितरण आरम्भ गरेको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सेन्टरलाई लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले जानकारी दिए । विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुगेकालाई वितरण सुरु गरिएको उनले बताए ।

बुधबार मात्रै बोर्डले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । पहिलो चरणमासंस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको र प्रक्रियासहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरुलाई लागो हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डले जनाएको छ ।

लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न सहज हुने कार्यकारी निर्देशक यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment