Comments Add Comment

निषेधाज्ञा सहज बनाउनेबारे व्यवसायीले दिए सीडीओलाई सुझाव

५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ७ असारसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसपछि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको बेला व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने विषयमा सुझाव दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो ।

छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुले बताए । कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

कटुवालका अनुसार महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । ‘बिहान ९ बजेदेखि १ बजेसम्म होलसेल पसल खुला गर्ने अनि १ बजेदेखि साँझ ६ बजेसम्म खुद्रा पसल खुला गर्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘तर व्यापार व्यवसायमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गराउनु पर्ने सुझावमा उल्लेख गरिएको छ ।’

मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ । व्यापारिक मलहरु हरेक दुई दिनमा पूर्ण स्यानिटाइज गर्ने, डिजिटल कारोबारलाई प्राथमिकतामा राख्ने लगायतका सुझाव सीडीओलाई दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment