Comments Add Comment

कैलालीमा निजी गाडी र ट्याक्सी जोर-बिजोर प्रणालीमा चल्ने

फाइल तस्वीर : धनगढी

७ असार, धनगढी । कैलालीमा असार ८ देखिको निषेधाज्ञामा निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा सार्वजनिक सवारी साधन बन्द रहने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने उल्लेख छ ।

निजी जीप, कार र भ्यानले चालकसहित बढीमा चार जना यात्रु, ट्याक्सी र अटो रिक्सामा चालकसहित बढीमा तीन जनाले यात्रा गर्न पाउनेछन् । यो व्यवस्था जिल्लाभित्रका सवारी साधनका लागि मात्र लागू हुनेछ ।

त्यस्तै शिक्षण संस्था बाहेकका सरकारी तथा सार्वजनिक कार्यालय न्यूनतम संख्यामा कर्मचारी राखी सञ्चालन हुनेछ । खाद्य सामग्री, निर्माण सामग्री, हार्डवयर, इलेक्ट्रोनिक्स, पुस्तक पसल, स्टेशनरी लगायतका पसल बिहान ६ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसल पूर्ण रुपमा बन्द रहने तर बिहान ८ देखि बेलुका ८ बजेसम्म होम डेलिभरी गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment