
९ असार, चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।
शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् । यसैगरी भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।
होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4