+
+
Shares

ल्यापटप चोरीको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १३:१४

१० असार, काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारी रहेका छन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न समयमा १३ थान ल्यापटप चोरी भएको भनी निबेदन परे पश्चात महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा अधिकारीलाई चोरी गरिएको ८ थान ल्यापटप र २ थान चार्जरसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइने उक्त महाशाखाले जनाएको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?