+
+
Shares

घुस लिएको आरोपमा कर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १७:१२

१० असार, काठमाडौं । घुस लिएको आरोपमा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय धनुषामा कार्यरत कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार बर्दिवासबाट खटिएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजन गर्ने काम सहज गरिदिने बहानामा घुस लिएको पाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?