Comments Add Comment

चीनको मार्सल आर्ट केन्द्रमा आगलागी, १८ जनाको मृत्यु

प्रतीकात्मक तस्वीर

११ असार, काठमाडौं । शुक्रबार चीनको एक मार्सल आर्ट केन्द्रमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको जेङचेङ क्षेत्रस्थित मार्सल आर्ट केन्द्रमा आगलागी भएको हो । उक्त आगलागीमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे आगलागी सुरु भएको थियो । उक्त आगलागी नियन्त्रणमा आइसकेको हेनान प्रान्तको सरकारले बताएको छ । यद्यपि के कारणले आगलागी भएको थियो भन्ने खुलेको छैन । यो घटनामा थप १६ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

यस विषयमा मार्सल आर्ट केन्द्रले भने केही बताएको छैन । चीनमा बेलाबेलामा यस किसिमका आगलागीका घटनाहरु हुँदै आएका छन् । विशेषगरी पर्याप्त सुरक्षा मापदण्डको प्रयोग नगरिनु र स्तरीय पूर्वाधारको अभावको कारण यस्ता घटनाहरु हुने गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment