Comments Add Comment

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

१५ असार, काठमाडौं । ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई हराएको इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो । राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी  केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।  साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment